May 2018
राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ९ भएका सर्जक हिमाल खड्का अहिले रोजगारीको सिलसिलामा कतार मा रहेका छन् । उनले प्रबाश मा नै रहेर पनि नेपाल लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । हुन त उनका गीतमा आफ्नै वास्तविक जिबन घटनामा आधारित भनेर सार्बजनिक भएका हुन्छन् । तर पनि लोक भनेको समाज हो र समाजमा भए गरेका यथार्थतालाई आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ उनको गीतले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ ।

सोहि अनुरुप हिमालले अहिले सम्म धेरै लोक तथा दोहोरी गीतहरु बजारमा ल्याईरहंदा आफ्नो निरन्तरतालाई कायम राख्न फेरी अर्को लोक दोहोरी गीत "एक्लो जिबन" बजारमा ल्याएका छन् । यस गीतमा पछिल्लो समयमा संगीत संयोजनको विधा बाट ब्यस्त रहेका बिष्णु तामांग र सबै सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल गायिका गीता देबीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय उनै हिमाल खड्काको रहेको छ भने शब्द भुवन कटुवालको रहेको छ । 

निकै मर्मस्पर्सी ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकिएको छ । भिडियोमा बिमल अधिकारी, साया भण्डारी, अमृता बन्जारा र समिर थोकरको अभिनय देख्न सकिन्छ । "एक्लो जिबन" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन प्रकाश एस.के ले गरेका छन् । यस गीत लगत्तै सर्जक हिमाल खड्काको प्रस्तुतिमा "तिमि मेरो होइनौ, र "मृत्युदण्ड" पनि बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।



            

राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँ पालिका भएका बिशाल बोहरा द्वारा अबिनित फेरो अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेर अशंख्य दर्शकहरुको मन जितिसकेका छन् । यस पटक भने भर्खरै सार्बजनिक भएको "मुटु भरि चोट" बोलको गीतको म्युजिक भिडियोको सबै दर्शकहरुको साथको प्रतिक्षामा बिशाल रहेका छन् ।

बिशाल बोहरा द्वारा अभिनित "मुटु भरि चोट" बोलको गित राजेश न्यौपाने र सपना कुँवरको नाममा प्रतिभा म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा राजेश न्यौपाने र सपना कुँवरको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय राजेश न्यौपाने र शब्द कृष्ण पौडेलले तयार पारेका छन् । विशालको साथमा भूमिका कार्कीको पनि अभिनय मिश्रण रहेको यस्गीत्को म्युजिक भिडियोलाई निर्देशन प्रेमराज पुनले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन प्रकाश एस के ले गरेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नु होला ।




राजु बोहरा–काठमाडौँ । स्थाई घर ओखलढुंगा भएकी गायिका संगीता सुनुवार अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको मध्यम बाट आफ्नो पचिचन स्थापित गर्छु भन्दै काठमाडौँ झरेकी छिन् । उनले आफ्नो सांगीतिक यात्राको सुभारम्भ मा नै निकै राम्रो गीत बजारमा ल्याएर यस क्षेत्रका लागि सम्भावित बनि सकेकी छिन् । संगीताको आफ्नो पहिलो सांगीतिक कोसेली "तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ" हो । अहिले सम्म कुनै पनि सांगीतिक ज्ञान हाँसिल नगरेता पनि उनको यो कलाले केहि समय संगीतको साधक बनेर यस क्षेत्रमा पाइला चालेकी हुन् भन्ने जो कोहीलाई पनि लाग्न सक्दछ । भिडियो हेर्न तल क्लिक गर्नु होला । निकै रोमान्चक सैलिमा तयार भएको प्रस्तुत गीतमा प्रज्वल पारखी र संगीता सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ । राजेन्द्र बाजुरालीको लय र नेत्र भण्डारीको रोमान्चक शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई सन्जिब ठकुरी र करिश्मा ढकालको अभिनयले अझै सुगन्ध थप गरेको छ "तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन अमन बाबुले गरेका छन् । हामी नव गायिका संगीता सुनुवारको उज्वल सांगीतिक भबिस्यको शुभकामना ब्यक्त गर्दछौं ।