
सोहि अनुरुप हिमालले अहिले सम्म धेरै लोक तथा दोहोरी गीतहरु बजारमा ल्याईरहंदा आफ्नो निरन्तरतालाई कायम राख्न फेरी अर्को लोक दोहोरी गीत "एक्लो जिबन" बजारमा ल्याएका छन् । यस गीतमा पछिल्लो समयमा संगीत संयोजनको विधा बाट ब्यस्त रहेका बिष्णु तामांग र सबै सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल गायिका गीता देबीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय उनै हिमाल खड्काको रहेको छ भने शब्द भुवन कटुवालको रहेको छ ।
निकै मर्मस्पर्सी ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकिएको छ । भिडियोमा बिमल अधिकारी, साया भण्डारी, अमृता बन्जारा र समिर थोकरको अभिनय देख्न सकिन्छ । "एक्लो जिबन" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन प्रकाश एस.के ले गरेका छन् । यस गीत लगत्तै सर्जक हिमाल खड्काको प्रस्तुतिमा "तिमि मेरो होइनौ, र "मृत्युदण्ड" पनि बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post A Comment:
0 comments: