राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै बिभिन्न गीत संगीतहरुक्रमस बजारमा आइरहेका छन् । सोहि क्रममा बिगत निकै लामो समय यता नेपाल प्रहरीमा कार्यरत रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतमा पनि क्रियासिल रहँदै आएका दिल्ली काफ्ले र जगदीश रेग्मीको संयुक्त प्रस्तुति "बनमा बस्ने चरी" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । 

विशेषगरी आफ्नै कला संस्कृति र मौलिकतामा आधारित यस गीतलाई लय दिल्ली काफ्ले ले भरेका हुन् भने स्थाई घर सिन्धुली भएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाउँदै आएका आचल बिरही रानाको रोमान्चक शब्द सिर्जना रहेको छ । आचलले यस अघि पनि आधा दर्जन भन्दा बढी गीतहरुमा आफो शब्द सिर्जना सजाईसकेका छन् ।

प्रस्तुत गीतमा दिल्ली काफ्ले, जगदीश रेग्मी र देबी घर्तिको सुमधुर स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा देबराज काफ्ले, टुइंङकल के.सी, सरोज अधिकारी र आशा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।





bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: