
काठमाडौं । लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए ।
विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।
अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् । दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, उनले गोल गर्न चुकेका छन् ।
सानो देश आइसल्याण्डले अर्जेन्टिनालाई दियो ठूलो धक्का, मेसीले पेनाल्टी चुकाउँदा जीतबिहिन बन्यो अर्जेन्टिना ! खेल बराबरीमा सकियो
कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।
अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो ऐतिहासिक पहिलो विश्वकप गोल गर्ने स्ट्राइकर बने २९ वर्षका अल्फ्रेड फिनबोगासन ।
मेसीले यो खेलमा पेनाल्टि मात्रै चुकाएनन् अर्जेन्टिनालाई टिमलाई जिताउने मौका समेत गुमाए । अर्जेन्टिना साविक उपविजेता हो । छनौट चरण नै मुस्किल बनेको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन गर्न सकेन । यो समुहमा यी दुईसहित क्रोयसिया र नाइजेरिया छन् ।
यसरी फेल खाए पेनाल्टीमा मेस्सी, गल्यो अर्जेन्टिना, आइसल्यान्डले बराबरीमा रोक्यो
फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए ।
पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए ।
खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो ।
आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपर ह्यानेस थर हल्डर्सनले रोके । रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।
Post A Comment:
0 comments: