
यो बिकाश थापा मगरको प्रस्तुति एल्बम "चोट" मा समाबेस शिर्ष गीत हो । प्रस्तुत गीतमा प्रमोद खरेको सुमधुर स्वर रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफुले माया गरेको मान्छे टाढा भए पछिको वियोगान्त भाव समाबेस गरिएको यस गीतलाई विकास थापा मगरले लेखेका हुन् भने संगीत एच. रसाइलीले भरेका छन् ।
निकै उत्कृष्ट शब्द र संगीतको बान्कीमा बुनिएको यस गीतको म्युजिक भिडियोमा अनु शाह र गीतकार स्वयम् विकास थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन ओम प्रसाईं र सम्पादन मिलन बि.क ले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post A Comment:
0 comments: