दोहोरी साँझले तिर्नुपर्ने बार्षिक संङ्गीत रोयल्टी हचूवाको तालमा तोकीएको छ ! त्यसो नगरि यसो गर्नुस ! यो बैज्ञानिक-पारदर्शी हुनुका साथै सम्बन्धित श्रस्टाले "डाटा" नपाएर रोयल्टीबाट बन्चित हुनुपर्ने छैन !

1) एऊटा दोहोरी साँझबाट एकमुष्ठ बार्षिक केही हजार संङ्गीत रोयल्टी ऊठाऊनु भन्दा दैनिक गीत प्रस्तुतिका आधारमा रोयल्टी संकलन गर्नुस करोडौ रोयल्टी ऊठछ !

2) दोहोरि साँझ हाम्रै कलाकारले चलाऊने हो ! त्यहा ऊठने रोयल्टीको हकदारपनि उहाँहरूनै हो तसर्थ प्रत्यक प्रस्तुतिको रू 50/- तोकीएको सि,नं, नम्बर सहीतको फारम सबै दोहोरी साँझमा पठाऊनुस ! ताकी रोयल्टी रकम प्रयोगकर्ता कस्टमरको बिलमै समाबेश भयर ऊठोस !

3) प्रस्तुत भयका गीतको पूर्ण बिबरण खोलिएको त्यो फारम संकलनको लागी "संङ्गीत रोयल्टी बक्सा" सबै दोहोरि साँझमा राखिदिनुस ! सबै फारम संकलन र दैनिक संङ्गीत प्रयोगको अभिलेख राख्दै संङ्गीत रोयल्टी संकलन समाजलाई दैनिक मेल पठाऊने ब्यबस्था गर्नुस ! भौतिक अभिलेख परिक्षणपनि गर्नुस यो सामान्य काम हो !

4) दोहोरी साँझ कलाकारहरूको एऊटा पाठसाला र दैनिक जिवन यापनको माध्यमपनि हो तसर्थ त्यसरी दोहोरी साँझमा तोकीएको प्रतिगीत प्रस्तुतिबाट ऊठने संङ्गीत रोयल्टीमा प्रस्तुतिको सेवाशुल्क भनेर 10% त्यहीका प्रस्तुतकर्ता कलाकारलाई दिने र बाकी रकम बास्तबिक श्रस्टाको अधिकार मासीक रूपमा रोयल्टी संकलन समाजको खातामा आऊने ब्यबस्था गर्नुहोस !

5) अरू श्रस्टाको गीत गाऊदा ऊठेको रोयल्टीमा पनि थोरै हकदार रहने,प्रस्तुति सेवाबाटपनि केही आर्जन हुने र साहुले भन्दापनि प्रयोगकर्ता कस्टमरले तिर्ने रोयल्टी बिलमै जोडीयर आऊने ब्यबस्थाले गर्दा दोहोरी साँझहरूमा संङ्गीत रोयल्टी ऊठाऊने प्रतिस्पर्धानै हुन्छ ! अनि रोयल्टी संकलनले मुर्तरूप लिन्छ !

6) अब तंपाईले प्राप्त गरेको बिबरण अनुसार संकलन गरेको रोयल्टी- नियमानुसार "डाटा" सहीत सम्बन्धित श्रस्टालाई बाड्नूस !

पूनश्च :- संस्थाको निर्वाचनमा उताबाट यो यो र त्यताबाट त्यो त्यो भनेर कुर्चि जोहोमात्र गर्नुभन्दा श्रस्टा अधिकारकालागी ठोस र बास्तबिक सहकार्य गर्नेगर्नुहोस !

नोट:- यो काम राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनिले गर्न सक्नुहुन्छ ! अरूको अस्थित्व स्विकारगर्ने क्षमता तपैहरूसंग छ भने उहासंग सहयोग माग्नुस !

अन्तमा :- यहाँ भयको दुईटा कुरा हो,एऊटा ईक्षाशक्ति अर्को नियत ! श्रस्टा सधै कुहीरोको काग !

जय गीत जय संङ्गीत !!
bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: