पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ को ट्रेलर रिलिज भएको छ । नायक आर्यन सिग्देल कै निर्माण रहेको कायरा फिलिपिन्समा छायाङ्कन गरिएको छ ।
कुनै समय फिल्ममा एकछत्र राज गरेका आर्यन सिग्देलको चकलेटी अनुहारले दर्शकको मन त लोभ्यायो तर निर्माता निर्देशकको नजरमा धेरै समय टिक्न सकेनन । र पछिल्लो समय उनी फिल्म निर्माणमा अग्रसर भएका छन । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यन सँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लतगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म साउन १८ गतेबाट अल नेपाल रिलिज हुनेछ ।


bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: