लोक दोहोरी गायक नेत्र गुरुङ्ग फेरि छुट्टै मौलिक झ्याउरे गित साइली लिएर साङ्गितिक क्षेत्रमा उदाएका छन । वालिङ नगरपालिका–३ माझकोट निवासी गुरुङको यो चौथो साङ्गितिक कोसेली हो । जुन गितमा स्वर नेत्र गुरुङ्ग र बिर्सना गुरुङ्ग रहेको छ भने लय शव्द सृजना अर्जुन थापा मगरको रहेको छ । साइली म्युजिक भिडियो अरु गित भन्दा भिन्द रहेको छ । विशेष गरि लाहुरे प्रथामा अल्जिएको समाज अनि बिदेशी भुमिमा नेपालीको कथा र लोप हुन लागेको सस्कृती रोधिघरको बारेमा स्याङ्गजा जिल्लाको रमणीय ग्रामीण पर्यटन स्थल माझकोट राम्चे गाउँ माझकोट वरपर छायाङकन गरिएको छ । उक्त म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमा फिल्मस प्रा लि को निर्देशनमा निर्माण भएको हो । जसमा मुख्य अभिनय नेत्र गुरुङ्ग सितला गुरुङ्गको रहेको छ भने अन्य अर्जुन थापा मगर सुजन तिगेला लिम्बु दिनु गुरुङ्ग कमल गुरुङ्ग लगायत रहनु भएको छ । साइली गितलाइ युट्युब च्यानलमा पनि हेर्न र सुन्न सकिन्छ ।म्युजिक भिडियो श्रोता तथा दर्शकले धेरै मन पराउने विश्वास साइली युनिटले लिएको छ ।

 

 

bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: