राजु बोहरा–काठमाडौँ । माननीय खानेपानि तथा सरसफाई मन्त्रि बिना मगर ज्यु को प्रमुख आतिथ्यमा राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोको विमोचन सम्पन्न भएको छ । खानेपानि तथा सरसफाई मन्त्रि बिना मगर ज्यु ले बिमोचन कार्यक्रममा बोल्दै सर्जकहरुलाई सफल कलाकारिताको लागि शुभकामना दिनु भएको छ । सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्राम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरुले सफल अभिनय हेर्न सकिन्छ । “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोशी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्बजनिक गरेको हो ।

गायिका बिमला मगरले यस भन्दा अघि बाचेकै छु यक्लै भएनी, फुल वारि घुम्नलाइ, कति राम्री चट्टै, सितलु दिने बरपिपल छाया, उडाइ लान्छ मिनिबसैले, बचनले त घाम झार्यो जुन झार्यो, लगाएतका दर्जनौ गीत हरुमा आवाज दिएकी छिन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।
       
bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: