बिजय दशमी तथा शुभ दिपावली २०७५ को सुभकामना सहित नयाँ नयाँ गीत संगीत हरु डिजिटल बजारमा आउने क्रम जारी छ यहि भिडमा तुलसी डिजिटल म्युजिकले पनि नयाँ दशै गीत ‘दशैंमा’ भर्खरै मात्र सार्वजनिक गरेको छ । दशैँ गीत भन्दा बित्तिकै प्राय सबै गायक गायिकाहरुले रुने र दुखको गीतहरु मात्रै बजारमा ल्याउने गरेका छन ।

यो गीत भने सबैलाई नचाउने निकै रमाइलो खालको रहेको रहेको छ । बिगत लामो समय देखि गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार लालकुमार बरालको निकै मन छुने लय रहेको गीतमा साजन पराजुलीले शब्द लेखेका छन । त्यसै गरि यस गीतमा अहिलेकी सबैले मन पराएकी चर्चित लोक गायिका शान्ति श्री परियार र सुन्दर बि. कले निकै सुमधुर स्वर भरेका छन ।

केटा: आफ्नो शिरमा ठुलाको राख्दै हात मान्यजनको थापेर आशिर्वाद

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।

केटी: नहोस निधार कसैको खाली दुर्गा माता दशैंमा यस्पाली

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।


bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: