भिम थापा मगर–प्रबासिसमाचार। नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा गर्नै पर्छ । ति गीतहरुमा पनि केहि रत्यौलीका स्वाद भने अबस्य पाइन्छ सकिन्छ । यस बाट पनि टाढा रहेर बिभिन्न तीज गीतहरु बजारमा ल्याउनु पर्ने आजको आवस्यकता हो ।

हो यसै बेला हामि सबैले प्रसंसा गर्नै पर्ने आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेको काँठ क्षेत्रको सुगन्ध सहितको भाकामा राम्जी बुढाथोकिको अत्यन्त मनछुने र मनै फुरुंग पार्ने तीज गीत सार्बजनिक भएको छ । "तीजको ब्रत" नाममा बजारमा आएको यस गीतमा राम्जी बुढाथोकी र सिता घिमिरेको कर्णप्रिय स्वर सुन्न सकिन्छ । यस गीतलाई लय बिष्णु तामांगले तयार पारेका हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा प्रविन थापा र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: